Shittalpati
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा

गुल्मी । न्यायको माग गर्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मी आन्दोलनमा उत्रिएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको इजलासले जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेको प्रति आपत्ति जनाउदै संघले न्यायको माग गर्दै आन्दोलनमा उत्रिएको हो । आफ्नै श्रीमतीको हत्यामा दोषी ठहरिएका कोइरालाको सर्वस्व सहितको जन्मकैद सजाय प्रधान न्यायधिस शमशेर र न्यायधिस तेजबहादुर के.सी.को इजलासले घटाएपछि कोइराला सजाय भुक्तान गरी बिहिबार छुटेका थिए । सोही फैसलालाई लिएर संघमा आवद्ध जिल्लाका महिलाहरुले आन्दोलन गरेका हुन् । शुक्रबार पीडित गीता कोइरालाको न्यायका लागि जोडदार माग गर्दै महिलाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासँगै प्रर्दशन गरेका थिए ।

उक्त घटनालाई लिएर संघले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र समेत पढाएको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै संघका जिल्ला सभापति लक्ष्मी पाण्डेले अदालत नै स्वयम् पक्षपाती बन्न थालेको बताईन् । ‘कुनै दल र व्यक्ति विशेषको पक्षपोषक बन्दछ तब एउटा लोकतान्त्रिक राज्य असफलता तर्फ उन्मुख हन्छ, उनले भनिन ।’ सभापति पाण्डेले प्रधानन्यायधिश नै यस्ता गलत काममा लाग्नु तथा राज्यले उनैको पक्षपोषण गर्नुले सरकार र राज्य पूर्ण रुपमा असफल भैसकेको उल्लेख गरिन । उनले खारेज भैसकेको कानुनको प्रयोग गर्दै र हालकै कानुनकै पनि अपव्याख्या गरी मनोमानी ढङ्गले आएको फैसलाले प्रधानन्याधिसको कार्यक्षमता कमजोर र नियत पनि गलत देखिएको बताईन । तत्काल संसदबाट महाअभियोगको मुद्दाद्वारा कारवाही अगाडि बढाउन समेत उनले आग्रह गरिन । यस्ता फैसलाले विगतका निर्मला हत्या काण्ड लगायत अन्य महिलाहिंसाका मुद्दाहरु ओझेल पर्ने र गलत फैसला आउनेतर्फ आशंका बढाएकाले त्यसतर्फ सचेत गराउँदै पीडित स्व. गीता कोइरालाको न्यायको लागि संघले जोडदार माग गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update