Shittalpati
खोलाले बगाउँदा एक पुरुष बेपत्ता

पाल्पा । खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका –८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका हुन् ।

ससुराली आएका मुखिया घर फर्किने क्रममा शुक्रबार साझाँ बेपत्ता भएका थिए । स्थानीयले खोलाले बगाएर देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको अहिले खोजी कार्यको लागि स्थानीयवासी र ईलाका प्रहरी कार्यालय मुझङबाट प्रहरी सहायक निरीक्षक भोला बहादुर कुवँरको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update