Shittalpati
एनआईसी एशिया बैंकद्वारा ज्याकेट सहयोग

गुल्मी । एनआईसी एशिया बैंकले जिल्लाको एक विद्याललाई ज्याकेट सहयोग गरेको छ । बैंकको तम्घास शाखाले जिल्लाको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई ज्याकेट सहयोग गरेको हो । फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयलाई बैंकले ३५ सेट ज्याकेट सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक पिंकी घिमिरे भुसालले बताइन् । शनिबार बैंकका तम्घास शाखा प्रमुख जगदीश पन्थीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सुनार, विद्यालयका प्रधानध्यपक भुसाल लगायतले संयुक्त रुपमा एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व वहन गर्र्दै फरक क्षमता भएका विद्यार्थी (बहिरा तथा सुस्त मनस्थिती) भएका गरिब, बेसाहरा विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई फर्निचर सामग्री सहयोग गरेको बैंक शाखा प्रमुख पन्थीले बताए । सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी समाजका लागि आगामी दिनहरुमा सहयोग गर्दै जाने पन्थीले बताए । कार्यक्रममा बैंकले विद्यालयमा अध्ययनरत फरक क्षमता भएका, आर्थिक रुपमा विपन्न गरिब, जेहेन्दार, बेसाहरा, दलित विद्यार्थीहरुलाई संस्थागत दायित्ववोध गर्दै सहयोग गरेकोमा विद्यालयले बैंक परिवारलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update