Shittalpati
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक

विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ । विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो । जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद शुरु हुन थालेको छ । पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । वातावरण गम्भीर रूपमा बिग्रनुको कारण मानवीय व्यवहार हो । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भूक्षय आदि हुने गरेको छ ।

वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने जिम्मेवारी पनि मानिसकै हो । जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानी समेत प्रदूषित बन्दै गएको छ । विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइराखेको छ । मानवले जति जति उन्नति ग¥यो उति–उति समस्या र संकटहरू आइलागेका छन् । तर सधैँ जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन्, अहिले विश्वका विकसित मूलुकहरुमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सिर्जना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगैर कुनैपनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न । नेपाल,भारत र बङ्गलादेशमा क्रियाशील जनंसख्या कूल जनसंख्याको ६० प्रतिशत भन्दा बढि छ । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्नसके विकास पर छैन तर दूर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानैपर्ने बाध्यता सिर्जना गर्नेहरूको हो । यसर्थ यस्ता कुराहरुमा हामी सबै अनि सरोकारवालाहरुको ध्यान जाओस् ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update