Shittalpati
पाल्पा प्याब्सनद्वारा शिक्षकलाई राहत

पाल्पा । लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका शिक्षकहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले राहत सामग्री वितरण गरेको छ । कोरोना महामारीका कारण ४ महिनादेखि शैक्षिक सस्थाहरु बन्द रहेकाले प्रभावित बनेका जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई प्याब्सनले राहत सामग्री वितरण गरेको हो । संस्थागत विद्यालयमा कार्यरत २ सय ५१ जना शिक्षक, कर्मचारीलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले बताए । उनका अनुसार २५ केजी चामल, २ किलो दाल, २ लिटर तेल, आधा दर्जन सावुन र १ केजी नुन दिइएको हो ।

जिल्लामा ४५ वटा संस्थागत विद्यालयमा ९ सय ३७ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । प्याब्सनले उनीहरु मध्ये बन्दाबन्दीले अति नै प्रभावित बनेका २ सय ५१ जना शिक्षक, कर्मचारीलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो । तानसेनमा बुधबार एक कार्यक्रम गरी उनीहरुलाई उक्त सामग्री वितरण गरिएको प्याब्सनले जनाएको छ । तानसेन नगरपालिका र रामपुर नगरपालिकाले उनीहरुलाई सहयोग गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update