Shittalpati
माथागढी गाउँपालिकाले दियो अपाङ्गता भएकालाई सहायता सामग्री

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री वितरण गरेको छ । गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको हो । गाउँपालिकाका ८ वटै वडामा रहेका ४८ जना अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामग्री सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु गाउँपालिकाले वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । अपाङ्ग भएका व्यक्तिहरुको आवागमन र दैनिक चर्यामा सहजता होस भन्ने उद्देश्यले सहयोगी सामग्री वितरण गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । सहयोगी सामग्री वितरण गर्दै गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यता अनुसार सामग्री सहयोग गरेको र सामग्रीको सहि सदुपयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update