Shittalpati
‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’

रुपन्देही । प्रदेश पाँचका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित अन्तरक्र्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले संकटमा रहेकाले पत्रकारलाई सहयोग गरिने प्रतिवद्धता जनाए । उनले भने, ‘हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।’

सो अवसरमा नेपाली कांगे्रसका सचेतक निर्मला क्षेत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे । नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताए । कार्यक्रममा डा. सुदर्शन थापा र पत्रकार दीपेन्द्र बडुवाललाई सम्मान गरिएको थियो । -रासस

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update