Shittalpati
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा  चालकको मृत्यु

पाल्पा,  जिल्लाको पूर्वखोला गाउँपालिका–१ तामाखानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पूर्वखोला गाउँपालिका–१ सामुङ्गाका २८ वर्षीय दिमस सारुको मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट करिब २५ मिटर तल खस्दा सारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जङ्गादीबाट प्रहरी सहायक निरीक्षक तथा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update