Shittalpati
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा

पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम जिसी, रो.लालकुमारी राना, रो.शशि श्रेष्ठ, पुण्य प्रसाद सुवेदी, सह–सचिव रो. विनायक महर्जन, सहकोषाध्यक्ष रो.बसन्तलाल बज्राचार्य, सर्जनएटआर्म प्रथम रो.गणेश बस्याल, द्वित्तिय रो.निराजन विक्रम कार्की, सम्पादक प्रथममा रो.अमृत अधिकारी, द्वित्तिय रो. मदनराज गैरे रहेका छन् ।

नयाँ समितिलाई २० औं स्थापना दिवसका अवसरमा पद हस्तान्तरण गरिएको क्लवका निर्वतमान अध्यक्ष रो.मधुदयाल सैजुले बताए । नव निर्वाचित अध्यक्ष देवकोटाले क्लवलाई स्वार्थ भन्दा माथि उठेर सामाजिक क्षेत्रमा अगाडि बढाउने बताए । २० वर्ष अगाडि स्थापना भएको क्लवले जिल्लाको विभिन्न सामाजिक, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण संरक्षण लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update