Shittalpati
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै

कृष्ण पोखरेल
तानसेन । विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ । स–सानो काम गरेर लाखौ रकम खर्च भईरहेको नगरपालिका भित्र भने नारायण युवा क्लवको सक्रियतामा नमूना काम भएको छ ।

विगतका वर्षहरुमा सरसफाई शाखाले सरसफाई गर्दै आएकोमा यस वर्षदेखि नारायण युवा क्लवको अगुवाईमा टोल विकास संस्था, महिला दिदीबहिनीहरुको सहयोगमा नारायणस्थान फूलबारी चिटिक्क बनाईएको छ । युवा क्वलले लकडाउनको समयदेखि नै फूलबारी परिसरको झाडी पूर्ण रुपमा सफा गरेको छ भने, अनावश्यक बोट विरुवा, काँटछाँट गरी, हिंडडुल गर्ने ढुङ्गे बाटाहरु सफा गरेको छर झाडी र सिस्नोले भरिएको फूलबारी अहिले चिटिक्क परेको छ । फूलबारी क्षेत्रमा अशनटोल क्षेत्रबाट हँुदै आएको फोहोर नियन्त्रणका लागि नेट जाली प्रयोग गरी रोक्ने प्रयास गरेको छ । आगामी दिनमा फोहोर फाल्ने घरबेटीलाई सिसी क्यामेराको माध्यमबाट पक्राउ गरी कारवाही गर्ने क्लवले जनाएको छ ।

फूलबारी क्षेत्र तानसेनका जनताको खानेपानीको श्रोत भएकाले पानीको श्रोत जोगाइराख्न, चिउरी, खल्डुक, कपुर र चाप जस्ता बोटविरुवा रोपिएको छ । वडाअध्यक्ष बरुण रेग्मी, नारायण मन्दिर गुठीका अध्यक्ष नारायण कोईरालाले संयुक्त रुपमा फूलबारी क्षेत्रमा बोट विरुवा रोपण गरेका छन् । बोटविरुवा संरक्षण गर्न व्यक्तिले लगाएको विरुवा अगाडि नै नाम लेखिदिने र उनैलाई संरक्षणको जिम्मेवारी दिएको क्लवका अध्यक्ष किशोरदर्शन बजाचार्यले बताए । तानसेनको केन्द्र भागमा रहेको फूलबारी क्षेत्रलाई नगरकै सुन्दर फूलबारी बनाउने, साझ विहान सयांै मानिसको घुमघाम स्थलदेखि आगन्तुक पर्यटकहरुको लागि स्वच्छ वातावरणमा रमाउने गरी पार्क निर्माणमा जुटेको क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले बताए । फूलबारीको पश्चिम क्षेत्रमा खेलमैदान, पूर्वी क्षेत्रमा पार्क र दक्षिण क्षेत्रमा १०८ गाईमुखे धारा, पोखरी, पोखरीको बिचमा शिवलिङ्ग बनाउने गरी काम भइरहेको क्लवका उपाध्यक्ष प्रविनराज शाक्यले बताएर क्लवले आउँदो श्रावण महिनादेखि फूलबारी क्षेत्रको सरसफाई तथा व्यवस्थापनको लागि दुईजना कर्मचारी खटाउने भएको छ । सबैको सहयोग जुटेको र नगरपालिकाबाट पनि प्रयाप्त सहयोग भएकाले जिल्लाकै उत्कृष्ट पार्क बनाउन सकिने मन्दिर व्यवस्थान समितिका अध्यक्ष कोईरालाले बताए । सरसफाईमा क्लवले देखाएको सक्रियताको पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले प्रशंसा गरे ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update