Shittalpati
आगन सहकारीले मनायो साधारण सभा

पाल्पा , जिल्लाको तानसेन नगरपालिका –२ पाल्पा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमकाबिच सभा मनाएको हो । 

सभाको प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भीमलाल भट्टराई उद्घाटन गरेका हुन । सभाको उद्घाटन गर्दै भट्टराईले आगन बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्य मैत्री भएर काम गरेको बताए । उनले भने “यसका अधिकांश शेयर सदस्य निम्न वर्गका छन् । उनीहरूको  आर्थिक उन्नतिमा सहयोग पुग्ने गरी लगानी गर्नु अहिलेको आवश्यकता हो ।” विशिष्ट अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले शेयर सदस्यलाई केन्द्रमा राखेर सहकारीको गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने बताए । उत्पादक क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए । तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत भरत आचार्यले नगरपालिका सहकारीसँग आवश्यक सहकार्य गरेर अगाडि बढ्ने बताए  । 

पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले आर्थिक,  सामाजिक विकास र सदस्यको आर्थिक गतिविधिलाई सुधार्न सहकारीले भूमिका खेलेको बताए । सहकारीले धेरैलाई स्वरोजगार बनाएको उनले बताए । संस्थाका लेखा परीक्षक राधेश्याम ज्ञवालीले सहकारीमा विकृत भित्रिनबाट रोक्न सचेत हुनुपर्ने बताए । संस्थाको लेखा व्यवस्थापन राम्रो रहेको र  आर्थिक क्रियाकलापलाई अझै पारदर्शी बनाउन प्रविधि मैत्री बनाउनुपर्ने उनले बताए  ।  सभामा सहकारीका अध्यक्ष गोपालप्रसाद बस्यालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एसईई र प्रमाणपत्र तहमा उत्कृष्ट नम्बर ल्याएर उतीर्ण भएका शेयर सदस्यका छोराछोरी र असल बचत कर्ता, असल ऋणी,  जेष्ठ शेयर सदस्य, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गोपालप्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष मिलन विश्वकर्माले स्वागत ,सचिव श्रीप्रकाश ढुंगानाको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update