पाल्पा / कालीगण्डकी करिडाेर हुदै पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र रामपुर तर्फबाट विपरित दिशा तर्फ आउदै गरेकाे लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल रामपुर -७ तुरन्दीखाेला नेर एकआपसमा ठाेक्किदा एक जनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा बगनासकाली-९, चापपानीका २८ वर्षका अर्जुन विक रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज दिउसाे २ बजेकाे समयमा दुवै मोटरसाईकलमा सवार ४ मध्ये रामपुर तर्फबाट आएकाे माेटर साईकलकाे पछाडी बसेका विककाे मृत्यु भएकाे हाे ।
दुवै माेटर साईकल ठाेक्किएर घाईते विकलाई रामपुर अस्पतालले मृत घाेषणा गरेकाे हाे । घाइतेहरूमा लु १३ प ८६३५ नम्बरको मोटरसाईकल चालक जिल्ला पाल्पा बगनासकाली ९ बस्ने वर्ष ५१ को विष्णुप्रसाद बिक, लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल चालक जिल्ला स्याङ्गजा चापाकोट नगर पालिका ९ बस्ने २९ बर्षका विवेक भट्टराई र लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल पछाडी सवार रुपन्देही तिलोत्तमा - ५ मणिग्राम बस्ने वर्ष २८ को दिपक पाण्डे रहेका छन् । उनीहरूकाे अवस्था गम्भीर रहेकाे छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।


