
पाल्पा(तानसेन), जिल्लाको तानसेन नगरपालिका - १३ मा जिप दुर्घटना भएको छ।आज बिहान बुटवलदेखि गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज ३९४५ नं को बलेरो जिप बैकुण्ठेमा दुर्घटना भएको हो ।
घटना मा - ५ जना घाईते भएका छन् । घाईते हुनेहरुमा तिलोत्तमा -११ बस्ने बर्ष -२९ की कोपिला पौडेल, सोही स्थानकीवर्ष -३४ की एन्जिला अर्याल, सोही स्थानका बर्ष- ९ को आबिस्कार पौडेल, सोही स्थानका बर्ष -५९ की चुना घिमिरे,र बर्ष -३२ की निता घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि ओमप्रकाश चौधरीले शित्तलपाटी डटकमलाई जानकारी दिए । गाडी ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
गाडीमा चालकसहित -१३ जना सवार रहेका थिए । जसमा -५ जना घाईते भएका हुन् । घाईतेहरुको उद्धार गरी उपचारका लागी तानसेनस्थित युनाईटेट मिसन अस्पताल पठाईएको र सबैको स्वास्थ्य अवस्था खतरामुक्तरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चालक गुल्मी चन्द्रकोट - ४ शान्तिपुरका बर्ष ३१ को बिनोद नेपालीको बायाँ खुट्टामा चोट लागेको छ । दुर्घटना भएकाे ठाउँमा कहाली लाग्दो भीर रहेको र जीप सडकको कुना तर्फ पल्टिएका कारण सबै सुरक्षित भए। यदि छेउबाट खोला तर्फ खसेको भए कुनै पनि बाच्न सक्ने अवस्था हुदैथ्यो । उनिहरु ठुलो भाग्यले बाच्न सफल भएको प्रत्यक्षदर्शी बताउन्छ्न । उनीहरु सबै दशैको टीका थाप्न गुल्मीको शान्तिपुर र आसपासका गाउंमा गईरहेको अवस्थामा त्यहां दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भईरहेको डिएसपि चौधरीले बताए ।