Shittalpati
डेंगी संक्रमण फैलिन नदेऊ

पछिल्ला केही दिन यता नेपालमा डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । केही महिना नियन्त्रणमा आएको डेंगी बर्खा लागेसँगै पुनः देखिन थालेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ । यसले ७३ जिल्लामा संक्रमण फैलिइसकेको अवस्थाको गम्भीर संकेत हो । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो । डेंगीको संक्रमण तीव्र बन्न सक्ने समय भर्खर सुरु भएकाले अन्यत्र पनि प्रकोपको सम्भावना छ । त्यसैले यसप्रति सचेत बन्न आवश्यक छ । संक्रमित एडिस जातको पोथी लामखुट्टेमार्फत फैलिने डेंगी भाइरसको संक्रमण नेपालीका निम्ति नयाँ होइन । यसको संक्रमणपछि मानिसले भोग्ने पीडाका अनुभव सालैपिच्छे व्यक्त हुने गरेका छन् । अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या हेर्दा अझै उच्च दरमा फैलिने संकेत देखिएको छ । जसले गर्दा अझै थप सतर्क हुनुपर्ने अवस्था छ ।

मनसुन सुरु भएसँगै पानी जम्ने जोखिम झनै बढ्छ । सार्वजनिक स्थलमा बनेका खाल्डाखुल्डी, फालिएका ड्रम, टायर, बोतल र टुटेका भाँडाकुँडामा पानी जम्दा लामखुट्टे बढ्न सक्ने सम्भावना हुन्छ । घरआँगनका गमला, बोतल, ढकनी र वैकल्पिक रूपमा राखिएको पानीसमेत प्रजननस्थल बन्न सक्छ । सफा पानी मात्र पाउँदा पनि यसले फुल पार्छ र आफ्नो संख्या बढाउँछ । डेंगी रोकथाम र नियन्त्रण गर्न व्यक्तिगत सतर्कता अत्यावश्यक हुन्छ । झ्यालढोकामा जाली लगाउने, साँझ–बिहान बाहुला भएको लुगा लगाउने र गुणस्तरीय मलम प्रयोग गर्ने उपाय तत्काल अपनाउनुपर्छ । यस्ता उपायले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग गर्छ । तर, सबैभन्दा प्रभावकारी रणनीति भनेको यसको वृद्धि चक्रलाई रोक्नु हो । त्यसका लागि घरआँगन सफा राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी हटाउन, घोप्ट्याउन वा लामखुट्टे मार्ने औषधि छर्कनु आवश्यक छ । अहिलेको अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन स्वयम व्यक्ति आफै जिम्मेवार हुनैपर्छ । डेंगी संक्रमण फैलिन नदेऊ
पछिल्ला केही दिन यता नेपालमा डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । केही महिना नियन्त्रणमा आएको डेंगी बर्खा लागेसँगै पुनः देखिन थालेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ । यसले ७३ जिल्लामा संक्रमण फैलिइसकेको अवस्थाको गम्भीर संकेत हो । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो । डेंगीको संक्रमण तीव्र बन्न सक्ने समय भर्खर सुरु भएकाले अन्यत्र पनि प्रकोपको सम्भावना छ । त्यसैले यसप्रति सचेत बन्न आवश्यक छ । संक्रमित एडिस जातको पोथी लामखुट्टेमार्फत फैलिने डेंगी भाइरसको संक्रमण नेपालीका निम्ति नयाँ होइन । यसको संक्रमणपछि मानिसले भोग्ने पीडाका अनुभव सालैपिच्छे व्यक्त हुने गरेका छन् । अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या हेर्दा अझै उच्च दरमा फैलिने संकेत देखिएको छ । जसले गर्दा अझै थप सतर्क हुनुपर्ने अवस्था छ ।

मनसुन सुरु भएसँगै पानी जम्ने जोखिम झनै बढ्छ । सार्वजनिक स्थलमा बनेका खाल्डाखुल्डी, फालिएका ड्रम, टायर, बोतल र टुटेका भाँडाकुँडामा पानी जम्दा लामखुट्टे बढ्न सक्ने सम्भावना हुन्छ । घरआँगनका गमला, बोतल, ढकनी र वैकल्पिक रूपमा राखिएको पानीसमेत प्रजननस्थल बन्न सक्छ । सफा पानी मात्र पाउँदा पनि यसले फुल पार्छ र आफ्नो संख्या बढाउँछ । डेंगी रोकथाम र नियन्त्रण गर्न व्यक्तिगत सतर्कता अत्यावश्यक हुन्छ । झ्यालढोकामा जाली लगाउने, साँझ–बिहान बाहुला भएको लुगा लगाउने र गुणस्तरीय मलम प्रयोग गर्ने उपाय तत्काल अपनाउनुपर्छ । यस्ता उपायले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग गर्छ । तर, सबैभन्दा प्रभावकारी रणनीति भनेको यसको वृद्धि चक्रलाई रोक्नु हो । त्यसका लागि घरआँगन सफा राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी हटाउन, घोप्ट्याउन वा लामखुट्टे मार्ने औषधि छर्कनु आवश्यक छ । अहिलेको अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन स्वयम व्यक्ति आफै जिम्मेवार हुनैपर्छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update