Shittalpati
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो

पाल्पा । सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । जिल्लाको सिलुवा–अर्चले सडक खण्डको सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहिरोले बा २ क ७७७१ नम्बरको स्काभेटरसंगै अपरेटरलाई पुरेको थियो ।

स्काभेटरसंगै पुरिएका खैरहनी नगरपालिका वडा ३ चितवनका २३ हेमबहादुर कार्कीलाई प्रहरी चौकी जब्गादीबाट खटिएको प्रहरी र स्थानियले झण्डै १ घण्टा पछि सकुशल उद्दार गरेको थियो । साढे १२ बजे तिर पहिरो खसेको थियो । कार्कीलाई स्थानीय र प्रहरीले माटो हटाई झ्याल फोरेर उद्दार गरिएको प्रहरी चौकी जब्गादीका हवल्दार मेघराज बेल्बासे जानकारी दिए । बेल्बासेका अनुसार ढुङ्गा, माटो सहितको सुख्खा पहिरोले स्काभेटरको ७० प्रतिशत भाग पुरेको थियो । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार अपरेटरलाई खुट्टामा सामान्य चोट लागेको छ । अहिले जेसिविको सहयोगमा स्काभेटर निकाल्ने प्रयास भैरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update