Shittalpati
पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?

रामचन्द्र रायमाझी
पाल्पा, सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत विहिबार सार्वजनिक गरेको बजेटमा पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहहरुलाई ७ अर्ब ६५ करोड ५९ लाख रकम विनियोजन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाको समग्र विकासका लागि ३ अर्ब ६२ करोड ८२ लाखको बजेट विनियोजन भएको हो । जस अन्तरर्गत समानीकरण अनुदानमा एक अर्ब एक करोड ३४ लाख, सशर्त अनुदान तर्फ २ अर्ब ४३ करोड ४९ लाख, विशेष अनुदान १० करोड ५५ लाख र समपुरक अनुदान ७ करोड ४४ लाख रुपैंया विनियोजन भएको हो ।


विनियोजित बजेट मध्ये तानसेन नगरपालिकामा ५५ करोड ७४ लाख, रामपुर नगरपालिकामा ४३ करोड ५८ लाख रहेको छ । जहाँ तानसेनमा समानीकरण अनुदान १५ करोड ४६ लाख, सशर्त अनुदान ३८ करोड ७८ लाख र समपुरक अनुदान एक करोड ५० लाख रहेको छ । रामपुरमा समानीकरण अनुदान ११ करोड ९३ लाख, सशर्त ३० करोड ६५ लाख,विशेष अनुदान एक करोड रहेको छ ।  त्यस्तै विनियोजित बजेट मध्ये तिनाउ गाउँपालिकामा २९ करोड ४७ लाख रहेको छ । जसको समानीकरण अनुदान ८ करोड ६३ लाख, सशर्त अनुदान १८ करोड ८४ लाख विशेष अनुदान २ करोड रहेको बजेटमा उल्लेख गरिएको छ । निस्दी गाउँपालिकामा ३२ करोड ७८ लाख रकम विनियोजन भएको छ । जसमा समानीकरण अनुदान ९ करोड ३८ लाख, सशर्त २३ करोड ४० लाख रहेको छ । पूर्वखोला गाउँपालिकामा २९ करोड ६८ लाख छुट्याइएको छ । जसमा समानीकरण अनुदान ८ करोड ७१ लाख, सशर्त अनुदान १९ करोड ११ लाख विशेष अनुदान ९० लाख र समपुरक अनुदान ९६ लाख रहेको छ ।

त्यस्तै बगनासकाली गाउँपालिकामा ३२ करोड ११ लाख बजेट विनियोजन भएको छ । जस अन्तर्गत समानीकरण अनुदान ९ लाख ३८ हजार, सशर्त अनुदान २१ करोड ३ लाख,विशेष अनुदान एक करोड ७० लाख छुट्एिको छ । माथागढी गाउँपालिकामा ३६ करोड ३६ लाख रहेको छ । जस अन्तर्गत समानीकरण अनुदान ९ करोड ९९ लाख, सशर्त २३ करोड १७ लाख, विशेष एक करोड २० लाख, समपुरक २ करोड रहेको छ । रम्भा गाउँपालिकामा २९ करोड ९ लाख बजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदान ९ करोड ५ लाख, सशर्त १८ करोड ५४ लाख, विशेष एक करोड ५० लाख रहेको छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिकामा ३२ करोड ७० लाख बजेट विनियोजन भएकोमा समानीकरण अनुदान तर्फ ८ करोड ४८ लाख, सशर्त अनुदान २२ करोड ७४ लाख, विशेष अनुदान एक करोड, समपुरक अनुदान ४८ लाख रहेको छ । रैनादेवी छहरा गाउँपालिकामा ४१ करोड ३१ लाख बजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदान तर्फ १० करोड ३३ लाख, सशर्त तर्फ २७ करोड २३ लाख, विशेषमा एक करोड २५ लाख, समपुरक तर्फ २ करोड ५० लाख रहेको छ ।


त्यस्तै दूई नगरपालिका र दश गाउँपालिका रहेको गुल्मीमा पनि आगामी आर्थिक वर्षका लागि समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ४ अर्ब २ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जस अन्तर्गत मुसिकोट नगरपालिकाका लागि ४५ करोड ६७ लाख, रेसुङ्गा नगरपालिकामा ३७ करोड १३ लाख रहेको छ । यस्तै इस्मा गाउँपालिकामा २८ करोड ८१ लाख, कालीगण्डकी गाउँपालिकामा २८ करोड ८८ लाख, गुल्मी दरबार गाउँपालिका २९ करोड ७८ लाख,चन्द्रकोट गाउँपालिकामा ३२ करोड २४ लाख,छत्रकोट गाउँपालिकामा ३४ करोड ४४ लाख,धुर्कोट गाउँपालिकामा ३५ करोड ६३ लाख,मदाने गाउँपालिकामा ३० करोड ७३ लाख,मालिका गाउँपालिकामा ३२ करोड १४ लाख, रुरु गाउँपालिकामा ३४ करोड ३२ लाख र सत्यवती गाउँपालिकमा ३३ करोड बजेट विनियोजन भएको छ । वित्तीय समानीकरण अन्तर्गत प्राप्त बजेटबाट स्थानीय तहले परिषद्बाट योजना पारित गरी कार्यान्वयन गर्नुपर्छ भने सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटले कर्मचारी र शिक्षकहरूको तलबभत्ता, सामाजिक सुरक्षाभत्ता र स्थानीय तहको प्रशासनिक खर्चमा कार्यान्वयन गर्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update