Shittalpati
सत्तासँग साटिएको राष्ट्रवाद !

राजन प्रसाद पन्त

नेपालले नयाँ संविधान जारी गरे लगत्तै भारतीय नाकाबन्दीले चुलिएको खड्ग प्रसाद ओली (केपी)को उचाईले एकाएक सत्ताको शिखर चुम्न पुग्यो । राष्ट्रवादको तिरङ्गा ओडाएर मञ्चन गरिएको नव नाटकका पर्दाहरू समयसँगै अब क्रमसः उदाङ्गो हुने क्रममा पुगेको छ । नेपाली मनोवृत्ति हाम्रो छिमेकी मित्रलाई राम्रोसँग ज्ञान छ । कसरी नेपाली मतदातालाई आफ्नो स्वार्थमा ढाल्न सकिन्छ भन्ने ज्ञानलाई समय परिस्थिति अनुरुप प्रयोगमा ल्याउन सिद्धहस्त हाम्रो निकटतम मित्रको कुशलता भिन्न प्रकारको रहेको छ । भारतीय अभिनेताले नेपाल र नेपालीको मुटु दुख्ने गरी अपमानित गर्दा आफ्नै देशको सम्पत्ति नष्ट पार्नु नै हाम्रो राष्ट्रियताको अब्बल प्रदर्शन हो भनि बुझ्ने संस्कार युक्त परम्परामा हुर्किएको राजनीतिक संस्कृति नै हाम्रो ऐतिहासिक विरासत बनेको छ । विदेशीको छाता ओढेर नेपालको प्रजातान्त्रिक प्रणालीलाई विकास र सस्थागत नगरी बाÞय शक्तिलाई मलजल हुनेगरी प्राप्त उपलब्धि ७० वर्ष पहिले नै बिसर्जन गरेर उग्र राष्ट्रवादको संस्कृतिको विकास गर्ने र त्यसैलाई मलजल गर्ने कार्यले आज हामी यो अवस्थामा आइपुगेका छौं ।

२००७ को उपलब्धिलाई सबै मिलेर संस्थागत गर्न सकेको भए सायद हाम्रो राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक प्रणालीलाई अब्बल दर्जाको बनाउन सकिन्थ्यो । अपितु शिशु प्रजातान्त्रिक ब्यवस्थालाई बाÞय शक्ति मात्र नभएर आफ्नै घर भित्रका विदेशी रङ्गिन काल्पनिक चित्रमा बसिभूत उग्र राष्ट्रवादले समाप्त पार्न गएकोमा कत्ति पनि पश्चाताप नगरी त्यही बिराशतको जगमा आज अब्बल दर्जाका राष्ट्रवादी र प्रजातन्त्रवादी बन्नु हाम्रा लागि बिडम्बना नै होकि ? यस्तो परिस्थितिको निर्माणमा पृष्ठपोषण कस्तो र कस्को रहेको छ बुझ्न त्यति कठिन छैन ।

दश वर्षे कथित जनयुद्वको योजनाकार र त्यसको पृष्ठपोषणमा कसको भूमिका थियो भन्ने सन्देह अब कहिँकतै रहेन । पटक–पटक सम्बन्धित ठाउँबाट यसको पुष्टि भैरहेकै छ । अझै थप पुष्टि हुँदै जाला सुरुङ युद्वको अतिरञ्जित उन्मादको लेप दिएर उचालिएको कथित राष्ट्रवादी जनयुद्वको अवसान आखिरमा जसले यसको चक्रब्यूह रचेको थियो, उसैको बाहुलीबाट समापन गरियो । हाम्रो दक्षिणी छिमेकीलाई यो पनि राम्रो ज्ञान छ कि जति धेरै भारत बिरोधी नारा बनाईन्छ, नेपाली जनमत त्यसतर्फ भारी हुन्छ । केही समय यता नेपालको राष्ट्रिय राजनीतिमा यस्तै प्रयोग भएको देख्न सकिन्छ । महाकाली सन्धिमा अत्यन्तै विश्वास पात्रका रुपमा रेहका वर्तमान प्र.म.का लागि सत्ताको शिखर चुम्न यहि अतिरञ्जित उन्मादि राष्ट्रवादको जरुरत थियो ।

नाकाबन्दी त्यसका लागि उपयुक्त वातावरण बनाइएको थियो, जो उनको सत्तारोहणको केहि समय पछि सहजै समाधान हुन सम्भव भयो । त्यति मात्र होइन, दश वर्ष लगाएर नेपालको सामाजिक, धार्मिक, साँस्कृतिक र अझ बढी आर्थिक धरोहर समाप्त गर्ने र देशलाई पुरै पराधिन बनाउने अर्को राष्ट्रवादी शक्ति निर्माण गरी दुबैको संयोजनको रणनीतिले सत्ताको उच्च शिखरमा पुग्न सहज ढोका खोलिदियो । केही समय यता नेपालको राष्ट्रिय राजनीति पश्चिमी सिमा कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतबाटा अतिक्रमित भू–भागको विषयमा बल्झिएको छ । यसको पृष्ठभूमि धेरै अगाडिबाट योजनावद्ध रुपमा आएपनि भारतद्वारा कोरनाको कहर र प्र.म.को सत्ता संकटको चरम अवस्थामा किन ल्याईयो ? जसबाट प्र.म.केपी शर्मा ओलीका लागि सत्ता संकट टार्न बरदान सावित हुन पुग्यो । राष्ट्रवादी पृष्ठभूमि नै बरदान सावित भैरहेका केपी ओलीलाई यो योजनाको अत्यन्तै जरुरी थियो जो सम्बन्धित पक्षले पूरा गरिदिएको छ । प्र.म.को संकट पनि हाललाई टरेको छ । यसैगरी लिपुलेक लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सा संविधानको अभिन्न अ बनाउने प्रस्ताव संसदको कार्यसुचिबाट पनि हटेको छ । जय राष्ट्रवाद !
(लेखक नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update