Shittalpati
रणउजिरेश्वरी लायन्स क्लवले दियो विपन्नलाई खाद्यन्न र विरामीलाई औषधी

पाल्पा,विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी राखेको लकडाउनका कारण विपन्न वर्ग र विरामीहरु बढी प्रभावित बनेका छन् । प्रभावित नागरिकका लागि जिल्लाका स्थानीय सरकार र विभिन्न सामाजिक संघ संस्थाहरुले राहात प्रदान गर्दै आएका छन् । जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लवले पनि लकडाउनका बेला प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई खाद्यान्न र दिर्घरोगीहरुका लागि निःशुल्क औषधी सहयोग गरेको छ ।“हामी सेवा गर्छाै” भन्ने अभिप्रायका साथ सामाजिक कार्यमा सक्रिय क्लवले तानसेनका विपन्न परिवारका लागि दैनिक उपभोग्य सामग्री र स्वास्थ्य बीमा नगरेका विपन्न तथा दिर्घरोगीहरुका लागि औषधी सहयोग गर्दै आएको क्लवका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक कोडिनेटर मिना पन्थीले बताईन् । क्लवले तानसेनमा दैनिक ज्यालादारी गरि जिवीकोपार्जन गर्दै आएका विपन्न वर्ग, दिर्घरोगी,वृद्ध, एकल महिलाहरुलाई खाद्यन्न र औषधी दिर्दै आएको छ ।

विषम परिस्थितीमा विपन्नको उद्दार गर्ने अभियानका साथ क्लवले आफ्नो सक्रियता देखाएको प्रति बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले प्रसंशा गरेका । उनले संकटका बेला सामाजिक संस्थाहरुसँग स्थानीय सरकार पनि हातेमालो गरेर जाने बताए । अभियानका क्रममा सहयोग गर्ने नेपाल तरुण दलका नेता छवि थापा,तानसेन नगरपालिका २ का वडा अध्यक्ष बरुण प्रसाद रेग्मी,वडा सदस्य महेश श्रेष्ठ,लायन्स क्लव कि प्रेसिडेन्ट दिपा रानी रेग्मी,ला. सुमित्रा शर्मा ,डिष्ट्रिक कोडिनेटर गंगा पौडेल लगायतलाई क्लवका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक कोडिनेटर पन्थीले सामाजिक सञ्जालमार्फत धन्यवाद तथा आभार व्यक्त गरेकी छन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update