Shittalpati
तानसेनका उद्यमशील महिलालाई बाख्रा

तानसेन । तानसेन नगरपालिका र हेफर इन्टर नेश्नल नेपालको सहयोगमा तानसेन ५ अर्चलेका उद्यमशील महिलाहरुलाई समूहगत रुपमा बाख्रा वितरण गरेको छ ।

आदर्श उपभोक्ता समूहको सक्रियतामा ४१ माउ बाख्रा र तीन थान उन्नत जातका बोके वितरण गरिएको हो । नगर प्रमुख अशोक कुमार शाही,वडाअध्यक्ष रामवहादुर रावल, ग्रामीण तथा आर्थिक विकास संघ (रेडा)का कार्यकारी निर्देशक लीला कार्की समेतको उपस्थितिमा बाख्रा वितरण गरिएको थियो । तस्वीरः एनजेडी

 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update