Shittalpati
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ

हाम्रा संवाददाता

पाल्पा । मानसिक रुपमा समस्या भएर घुम्दै हिडेकी १६ बर्षिया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लामा तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ ।

मानसिक सन्तुलन गुमाएकी युवती माथि जवरजस्ती करणी गर्दै गरेको भन्ने सुरागीका आधारमा प्रहरीले दोभानको एक स्थानमा छापा मारेर उनीहरुलाई रंगेहात प्रक्राउ गरेको थियो । पक्राउ पछि सोधपुछ गर्दै जादा सोही स्थान निवासी बर्ष २८, ४३ र ३४ बर्षका पुरुषहरुलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update