Shittalpati
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन

पाल्पा । बन्दाबन्दिका बेला पठन पाठनमा परेको समस्यालाई न्यूनिकरण गर्न तानसेन नगरपालिका वडा ७ ले पनि परियोजना कार्यमार्फत एकान्तवासबाटै पठन पाठन कार्य सञ्चालन गरेको छ । समय परिस्थिती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन वडाले परियोजना कार्य मार्फत पठनपाठन सञ्चालन गरेको हो । परियोजनाबाट पठनपाठन सञ्चालन भए पछि त्यहाँका बाल बालिका र अभिभावकहरु सुखी भएका छन् ।

लकडाउनको समय बढ्दै जाने र संक्रमित हुनेको संख्या समेत बढे पछि नयाँ सत्र शुरु भइसक्दा पनि कक्षामा पठन-पाठन गर्न नपाएका बाल बालिकाका लागि यो परियोजना शिकाई महत्वपूर्ण भएको अभिभावकहरुको भनाई छ । शैक्षिक क्षेत्रमा कोरोना माहामारीबाट उत्पन्न नकारात्मक प्रभावको न्युनीकरणका लागि संघीय सरकारले कुनै ठोस योजनाहरु अगाडि सार्न नसकिरहेका बेला जिल्लाका अन्य स्थानीय सरकारहरुले पनि आधुनिक र भरपर्दा प्रविधिको प्रयोगमार्फत शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् । सिकाईका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई उमेर र विषयगत रुपमा परियोजना कार्य मार्फत शिक्षण सिकाई गराई शैक्षिक क्षेत्रमा नौलो प्रयासको थालनी भए पनि जिल्लामा यो कार्यक्रम अत्यन्तै फलदायी भएको छ ।

विषय विशेषज्ञ, शिक्षक, अभिभावकहरुको सक्रियतामा परियोजना कार्य निर्माण गरी शिक्षण कार्यलाई आफ्नो वडामा लागु गरेको तानसेन नगरपालकिा वडा ७ का वडा अध्यक्ष मुक्तीराम जिसीले बताए । उनले भने‘ यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएका कारण हामीले स्थानीयस्तरबाटै स्रोतको व्यवस्थापन गरेर बजेट व्यवस्थापन गरेका हौ, पूृर्वप्राथमिक तहदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि उमेर र विषयगतका आधारमा परियोजना कार्य पुस्तिका निर्माण गरी सबै विद्यार्थीहरु माझ लगेको छौ ।’ उलकडाउनले विद्यार्थीहरुमा विभिन्न किसिमका नकरात्मक कुराहरु ल्याउने भएकाले उनीहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराई सर्वाङ्गीण विकास गर्न घरमै बसी–बसी अध्ययन अध्यापनमा सहयोग पुग्ने गरी ल्याइएको परियोजना कार्यले महत्वपूर्ण टेवा पुग्नेमा आफु विश्वस्त रहेको अध्यक्ष जिसीले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update