Shittalpati
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत

पाल्पा । तानसेन नगरपालिका ५, कैलाश महिला टोल विकास संस्थाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । गणतन्त्र दिवसको अवसरमा  टोल विकास संस्थाले लकडाउनका बेला समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका मजदुर तथा विपन्न परिवार भोकै रहने अवस्था सिर्जना भएकाले केही भए पनि राहत मिल्ने भन्दै विपन्न १६ घरपरिवारलाई राहत स्वरुप चामल,तेल आलु र हरियो तरकारी वितरण गरिएको संस्थाका अध्यक्ष इच्छा लिगलले जानकारी दिइन् ।

उनले भनिन्‘विषम परिस्थितीमा समस्यामा परेका व्यक्तिहरुलाई सक्दो सहयोग गर्नु मानवियता हो, त्यसैले सबैले दुखमा परेकाहरुलाई सहयोग गर्नु पर्छ ।’ संस्थाले एक कार्यक्रमका बीच सामाजिक दुरी कायम गर्दै विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष लिगलको अध्यक्षता, सचिव मालती पौडेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update