Shittalpati
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल

कृष्ण पोखरेल
पाल्पा । छिमेकी जिल्लाहरु कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । पाल्पासंग सिमाना जोडिएका तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र पूर्वपश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई सिल गर्ने निर्यण गरेको हो ।

बैठकले जेठ ३ गते बिहान ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म पाल्पालाई सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । अन्य जिल्लाबाट एम्बुलेन्स औषधी र शवबहान बाहेक अन्य कुनै किसिमका सवारी साधन भित्रिन रोक लगाएको, सबै किसिमका पासहरु खारेज गरिएको, जिल्ला भित्र तरकारी बाहेकका अन्य सवारी साधनमा निशेध गरिएको प्रजिअ सुवेदीले बताए । मानिसहरु तराई क्षेत्रबाट हिडेर समेत पाल्पामा लुकिछिपी भित्रिएकोले स्थानीय सरकारलाई निगरानीमा खटाएको र नाका क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन् । कसैले अटेर गरी नियम उलङ्घन गरे कानुन बमोजिम कारवाही गरिने अधिकृत श्रेष्ठले बताइन् । सरकारले ४२ प्रकार उद्योग तथा बंैक वित्तीय संस्था सञ्चालन गर्ने भनिएता पनि पाल्पामा संक्रमण बढ्ने खतरा बढ्दै गएकोले समिति गरिएको छ । बैंक तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार मंगलबार र बिहीबार मात्र १० बजेदेखि १ बजे मात्र सञ्चालन गर्ने, खाद्यान्य पसलहरु आइतबार, मंगलबार बिहीबार र शुक्रबार बिहान ८ देखि ११ बजेसम्म मात्र खोल्ने, तरकारी तथा दूध प्रत्येक दिन बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्ने निर्यण गरेको छ । पाल्पाको रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी, तराईका जिल्लासंग सिमाना जोडिएको छ । रामपुर पूर्वी नवलपरासीसंग सिमाना जोडिएको छ । पाल्पामा सबैभन्दा बढी तानसेन–बुटवल सडक खण्डको दोभानमा यात्रु तथा सवारी साधन भित्रिने गरेका छन् । पाल्पाको छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीले यस अघि नै जिल्ला सिल गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update