Shittalpati
राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान

पाल्पा, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ देखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष कांग्रेसले राखेपछि सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । वैशाख २ मा संसद् अधिवेशन अन्त्य भएयता यसबारे सत्तापक्ष र कांग्रेसबीच संवाद हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update