Shittalpati
‘नेपालको विकासमा चीन सधैं सहयोगी’

बुटवल,नेपालका लागि चीनका महामहिम राजदूत होउ यान्छीले नेपालका लागि चीन सधैं सहयोगी रहेको बताएकी छन् । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलसंगको भेटमा चीनका महामहिम राजदूत होउ यान्छीले यस्तो बताएकी हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत यान्छीले राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताएकी छन् ।

उनले प्रदेश पाँचले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाई दिइन । राजदूत होउ यान्छीलेकेही महिना अघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको बताईन । भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । उनले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जिवन्त बनाउने सोंचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको औल्याए । त्यसैगरी मुख्य मन्त्री पोखरेलले प्रदेश पाँच र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update