Shittalpati
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदै

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो ।

उसले परीक्षाको लागि केन्द्राध्यक्ष र केन्द्र समेत तोकेको छ । पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउने अभियान अन्र्तगत नगर पालिकाका १४ वटै वडामा यही चैत्र ५ गते ११.३० देखी १२.०० बजेसम्म संगठित सदस्यहरुको उपस्थितीमा परीक्षा सञ्चालन गर्न लागिएको नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले बताए । आत्रेयका अनुसार नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार परीक्षामा १५ वटा बहुबैकल्पिक प्रश्न आउनेछन् । परिक्षार्थीले सहि उत्तरमा टिक लगाउनुपर्नेछ । कमिटीले तयार पारेको प्रश्न नेकपा एमाले र समसामयिक विषयसँग सम्बन्धित हुनेछ, जुन केन्द्राध्यक्षले जिल्ला पार्टी कार्यालयबाट लैजानुपर्नेछ । नेकपा एमालेका थप जिम्मेवारीमा जान अनिवार्यरुपमा परीक्षामा समावेश भएको हुनुपर्ने व्यवस्था गरेको छ । आफ्नो वडाभन्दा बाहिर रहेका संगठित सदस्यको अनलाईनबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेका नगर अध्यक्ष आत्रेयले बताए ।

परीक्षा सञ्चालनको लागि बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटी पाल्पाको पदाधिकारी बैठक बसी प्रत्येक वडामा जिल्ला कमिटी सदस्यहरुबाट केन्द्राध्यक्ष, सहजकर्ता र परीक्षा केन्द्र तोकेको छ । जसमा केन्द्राध्यक्षले वडा कमिटी अध्यक्ष र सहजकर्तासँंग समन्वय गरी परीक्षा सञ्चालन गर्ने छन् । बैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज क.नारायणी शर्मा र जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज दामोदर घिमिरेले लामो समय पार्टीमा लागेर समाज रुपान्तरणको लागि काम गरिरहेका संगठीत सदस्यहरु परीक्षामा सहभागी हुँदा थप ज्ञानको हासिल हुने र पार्टी अझ चलायमान हुने बताए । सोही बैठकले तानसेन नगरपालिका भित्रका कुखुरा र बाख्रा पालक किसानहरुको लागि चैत्र ९ गते तानसेनमा विशेषज्ञ पशु डाक्टर र बैकंरबाट कुखुरा र बाख्रा पाल्ने तरिका लगायत व्यवसायिक योजनाका विषयमा विशेष तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सदस्यहरुलाई उद्यमशिलता वृद्धि गर्न पेशा गरिरहेका वा गर्ने योजना बनाएका सदस्यहरुलाई तालिममा सहभागीता गराउने नगरकमिटीले जनाएको छ । साथै बैठकले आउदो चैत्र १७ गते शनिवार तानसेनको पर्यटकिय स्थल रानीमहलमा गर्ने निर्णय गरेको छ । तानसेनको महत्वपूर्ण पर्यटकीय स्थलको थप प्रवद्र्धनको लागि रानीमहल बैठक प्रभावकारी हुने नगर कमिटी सचिव महेशलाल शाक्यले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update