Shittalpati
वित्तीय संघसंस्था सञ्चालन आएपछि तानसेनमा भिडभाड, लकडाउनको पालना भएन

कृष्ण पोखरेल
तानसेन । लामो समयको लकडाउन पछि सरकारले अत्यावश्यक सरकारी कार्यालय तथा बैक वित्तीय संस्था सहित ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेसँगै पाल्पाको सदरमुकाम तानसेनमा चहल पहल बढेको छ । चैत्र ११ गते देखि सुनसान बन्दै आएका सदरमुकाम तानसेन बजारमा मानिसको आवत जावत बढेको छ ।

सडकमा मानिसहरु ओहोर दोहोर गरेका छन् । आज तानसेनमा सबै बैक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् । बैक तथा वित्तिय संस्था सञ्चालनमा आएपनि तानसेनका बैकहरुमा नगद कारोवार गर्नेको भिडभाड बढेको हो । भारतीय भुतपुर्वक सैनिकहरुले पेन्सन लिन तानसेनको एसविआई बैक भिडभाड रहेको थियो । गाउँ गाउँबाट पेन्सन लिन एसवि आई बैक पाल्पामा बृद्ध बृद्धाहरुको भिडभाड रहेको छ । लकडाउन भएको ४७ दिन सम्म पैसा सकिएपछि गाउँ –गाउँबाट वृद्ध वृद्धा सवारी साधन रिजर्व गरी सदरमुकाम तानसेन आएका थिए ।

बैकमा अत्याधिक भिड बढेपछि ग्राहकहरुलाई दुरी कायम गर्न प्रहरी परिचालन गरिएको थियो । लामो समय लकडाउनको कारण काम गर्न नपाएका मजदुरहरु पनि सडक सडकमा नाम्लो बोकी हिडेका थिए । तानसेनका केही स्थानमा घर निर्माणको काम शुरु भएकाले मजदुरहरु काममा खटिएका छन । लकडाउन खुकुलो भएसँग गाउँ गाउँबाट मानिसको आवत जावत बढेपछि तानसेनवासी भने चिन्तित भएका छन् । लकडाउन भनिए पनि लकडाउनको पालना नभएको तानसनेवासीको गुनासो रहेको छ । पाल्पामा दैनिक रुपमा विहान ९ देखी ११ बजेसम्म खाद्यान्य दुधपानी जस्ता पसल खोल्ने भनिए पनि नियम पूर्वक पालना नभएको तानसेन ३ का रामबहादुर थापाले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update