Shittalpati
भिडन्तमा चार सिरियाली सैनिक मारिए

(रासस/सिन्ह्वा) / पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आइएस) लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ । सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकै भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । आइएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ट सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिन पछाडी पुनः आइएसले आक्रमण गरेको बताइएको छ । अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परी ३ सय ४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन् । त्यसगरी १०३ आइएस लडाकू मारिएका जनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update