Shittalpati
पूर्वखोला गाउँपालिकाको कोरोना राहत कोषमा काँग्रेसले गर्‍यो सहयोग

पाल्पा,जिल्लाको पूर्वखोला गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले २६ हजार सात सय सहयोग गरेको हो । उक्त सहयोग रकम नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकका संयोजक कृष्णप्रसाद शर्मा पौडेलको नेतृत्वमा पार्टीका क्षेत्रीय सदस्य तथा युवा नेता किशोर पंगेनी,महिला नेतृ सीता देवकोटा,काँग्रेस वडा नं ३ का सचिव ईश्वर आचार्य,तरूणदलका नेता नारायण न्यौपाने लगायतको टोलिले गाउँपालिका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस गाउँपालिका संयोजक पौडेलले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए ।

रकम ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष थापाले नेपाली काँग्रेसले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम आवश्यकताका आधारमा वास्तविक वर्गमा खर्च गरिने बताए । नेपाली काँग्रेस पाल्पाले आफ्ना पार्टी कार्यकर्तालाई जो जहाँ छौंं त्यहीबाटै विपन्नलाई सहयोग गर्न निर्देशन जारी गरेपछि जिल्लाका विभिन्न स्थानहरुमा नेपाली काँग्रेसका नेताकार्यकर्ताहरु सहयोगमा जुटेका हुन् । जिल्लाका प्रत्येक स्थानीय तहमा स्थापना भएका कोरोना राहत कोषमा कांग्रेसका सम्बन्धित पालिका समितिले नगद सहयोग गर्दै आएका छन् ।

कोरोना भाइरसबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी रूपमा काम गरी जिवीकोपार्जन गर्दै आएका मजदुरहरू भोकै मर्न नपरोस् भन्ने उद्देश्यले गाउँपालिका भित्र रहेका नेपाली काँग्रेस समर्थक बुद्धिजीवी नागरिकहरूबाट संकलन गरिएको रकम गाउँपालिकाको राहत कोषमा जम्मा गरिएको पार्टीका वडा सचिव ईश्वर आचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update