Shittalpati
रम्भा गाउँपालिकाको कोरोना राहत कोषमा काँग्रेसको सहयोग

पाल्पा,जिल्लाको रम्भा गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस रम्भा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले ४० हजार सहयोग गरेको हो । उक्त सहयोग रकम नेपाली काँग्रेस रम्भा गाउँपालिकाका सभापति अशोक कुमार फालको नेतृत्वमा नेपाली काँग्रेस प्रदेश सभापति बिष्णु कुमार थापा ,महासमिती सदस्यहरु दान बहादुर पछाई,बिष्णु बमरेल ,विश्व अर्याल, काँग्रेस वडा नम्बर ३ का अध्यक्ष थमनबहादुर गाहा,सुरबहादुर सुनारी,तरुणदलका जिल्ला सदस्य गम्भिर सिं सिजाली, क्षेत्रीय सचिव धातानन्द बस्याल लगायतको टोलीले गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै सभापति फालले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए ।

रकम ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष भण्डारीले नेपाली काँग्रेस रम्भाले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम विभेदरहित र पारदर्शी ढङ्गले गरिने बताए । नेपालीकाँग्रेस पाल्पाले आफ्ना पार्टी कार्यकर्तालाई जो जहाँ छौंं त्यहीबाटै विपन्नलाई सहयोग गर्न निर्देशन जारी गरेपछि जिल्लाका विभिन्न स्थानहरुमा नेपाली काँग्रेसका नेताकार्यकर्ताहरु सहयोगमा जुटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update