Shittalpati
तानसेन गुठी काठमाण्डौँ द्वारा विपन्न परिवारलाई राहत

कृष्ण पोखरेल

पाल्पा । तानसेन गुठी काठमाडौंले कोरोना भाइरस कारण दैनिक ज्याला मजदुरी गरी खाने न्युन आय भएका परिवारहरुलाई राहत वितरण गरेको छ । गुठीले तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरका १६ परिवार लाई खाद्यान्न राहत वितरण गरेको हो । तानसेन गुठी काठमाडौले दैनिक ज्याला मजदुरी जिविकोपार्जन गर्दै आएका न्युन आयश्रोत भएका १६ परिवारलाई २० किलो चामल, १ किलो दाल, १ लिटर तेल र १ किलो नुन निश्चित दुरी कायम गरी वितरण गरेको हो ।

तानसेन गुठी पाल्पाका अध्यक्ष शुसिल प्रधान र निवर्तमान अध्यक्ष सर्जुलाल बज्राचार्यले केन्द्रले पठाएको राहत वितरण गरेका थिए । तानसेन नगरपालिका वडा ५ का वडा अध्यक्ष रामबहादुर रावलले गुठीले तानपा वडा नंं ५ का गरिव परिवारलाई राहत वितरण गरेकोमा धन्यवाद दिदै अन्य स्थानमा सहयोगी हातहरु बढाउनु अनुरोध गरे । राहत वितरणको लागि प्रेस संघगठन पाल्पाका अध्यक्ष राजेन्द्र लिगल र पत्रकार महासंघ पाल्पाका सह सचिव अनिल लिगलले सहजीकरण गरेका थिए । तानसेन गुठीले तानसेन नगरपालिकाको राहत कोषमा समेत एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update