Shittalpati
‘विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन’

गुल्मी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन् ।

दोस्रो रुरु महोत्सवको मंगलबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दुक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गरे । मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताए । –रासस

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update