Shittalpati
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग

पाल्पा ।  नेपाल प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जिल्लाका १० स्थानीय तहलाई नगद सहयोग गरेको छ । पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकालाई दश/दश हजारका दरले सहयोग गरिएको हो । कोरोना संक्रमण रोक्न र दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने नगरिकलाई केही राहत प्रदान गर्ने उद्देश्यका साथ प्राध्यापकहरुले उठाएको रकमबाट सहयोग गरिएको प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसका सभापति निर्दोष खनालले जानकारी दिए ।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही र बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सहयोग बापतको चेक बुझ्दै यसले दैनिक ज्याला मजदुरी गरी जीवन यापन गर्ने नागरिकलाई ठूलो सहयोग हुने बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update