Shittalpati
एनसेलको ‘मेरो प्लान’ अब साप्ताहिक प्याकमा

एजेन्सी, एनसेलले प्रिपेड ग्राहकका लागि ‘मेरो प्लान’ अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डाटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।  यो आकर्षक योजना मंगलबारदेखि लागु भएको छ । यो योजनामा एनसेलले दुई साप्ताहिक प्याकहरु २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ ।

२ जीबी प्लान अन्तर्गत ग्राहकले करसहित मात्र ९५ दशमलव ७७ मा सेवा प्राप्त गर्नेछन् । यसका साथै यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्क भित्र करसहित मात्र १ दशमलव २८ रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्ने छन् । त्यसैगरी ६ जीबी प्लान अन्तर्गत ग्राहकले करसहित मात्र १ सय ९१ दशमलव ५४ रुपैयाँमा ६ जीबी (४ जीबी प्लस २ जीबी भिडियो डाटा) को मजा लिन सक्ने छन् । प्याक अन्तर्गतको भिडियो डाटामा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तैः गूगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्ने छन् ।

डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्स नकाटिइकन आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता हो । यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डाटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त फेरि लिन सक्ने छन् । साप्ताहिक प्लान अन्तर्गतका डाटा भोलुमको समयावधि सुरु भएको दिनदेखि सात दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स ८१७१२३३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुरु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता बमोजिम ग्राहकको आवश्यकता अनुसारको बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ ।

यस योजनामा रहेका कुनै पनि प्लान सुरु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मुख्य ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ दशमलव ५४ रुपैयाँमा प्रयोग गर्न सक्ने छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update