Shittalpati
रुपन्देहीमा पनि देखियो कोरोना संक्रमण,  संक्रमितको संख्या ५९ पुग्यो

रुपन्देही । प्रदेश पाँचको अस्थायी मुकाम रुपन्देहीमा पनि कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा १ का २५ वर्षीय युवा सम्मरीमाईमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

उनी वैशाख ५ गते भारतबाट आएको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनी सहित थप दुई जनामा कोभिड–१९ को संक्रमण भेटिएको जनाएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताए । नेपालमा यि संक्रमितको संख्या ५९ पुगेको छ भने संक्रमणबाट निको भई १६ जना घर फर्किसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update