Shittalpati
आजदेखि माघे संक्रान्ति मेला सुरु

पाल्पा, धार्मिक ऐतिहासिक एवम् पर्यटकीय स्थल रिडीमा आजदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । पाल्पा गुल्मी र स्याङ्जा जिल्लाको सङ्गम स्थल रिडी क्षेत्रमा माघे संक्रान्तिको पहिलो दिन नदीमा स्नान गर्न श्रद्धालुहरूको घुँइचो लाग्ने गर्दछ । रिडीमा जेठी, माहिली र कान्छी संक्रान्ति मेला लाग्ने गरेको छ ।

बिहानैदेखि नदीमा स्थान गर्ने र ऋषिकेश मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूको भीड लागेको छ । यस क्षेत्रको धार्मिक र सांस्कृतिक रुपमा महिमा नेपाल बाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मकर संक्रान्तिको अवसर पारेर पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी, पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुनेछ ।नेपालका चार धाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले रुरु क्षेत्र निकै महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update