Shittalpati
मौसममा क्रमिक सुधार

पाल्पा, मौसममा केही सुधार हुँदै गएको छ । लगातार पाँच दिनदेखि परेको झरी विहीबारदेखि भने केही सुधार हुँदै गएको हो । पाल्पासहित देशका अधिकांस स्थानको मौसम क्रमिक रुपमा सुधार हुँदै गएको छ ।

देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको र उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार विहीबार कोशी प्रदेशमा बाक्लो बादल लागे पनि  अन्य भेगमा सामान्यतया मौसम सफा रहेको छ । अबको दुई/तीन दिन हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको विभागको भनाई छ ।

महाशाखाको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसका कारण देशका केही भागमा थोरै असर रहे पनि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update