Shittalpati
आज विश्व शिक्षक दिवस मनाइँदै

पाल्पा, ‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आÞवानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउदै आएको हो ।

आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । ज्ञानको ज्योति झर्ने, विश्वमा दक्ष, असल जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सधैं सम्मान गर्नुपर्दछ । तर पछिल्लो समय शिक्षकको योगदान, भूमिका र महत्वलाई बिर्सन वा ओझेलमा पार्न थालिएको छ । शिक्षकले पाउनुपर्ने जति कदर पाएका छैनन् । शिक्षकको कदर गर्ने संस्कृति कसरी विकास गर्ने भन्ने विषय अहिले टड्कारो बनेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update