Shittalpati
सेन्ट कपितानियोमा रेडक्रस गठन

पाल्पा, तानसेनस्थित सेन्ट कपितानियो स्कुलमा नेपाल युवा जुनियर रेडक्रस सर्कल गठन भएको छ । स्कुलमा भएको विद्यार्थीहरुको भेलाले सर्कल गठन गरेको हो ।

जसको अध्यक्षमा संज्ञा लक्ष्मी खड्का, उपाध्यक्षमा कुन्दन थापा, सचिवमा आरति बस्याल, उपसचिवमा मञ्जिल समर खाती, कोषाध्यक्षमा निशा भट्टराई चयन भएका छन् । सदस्यहरुमा आर्यन काफ्ले, शाश्वत भट्टराई, एञ्जल थापा, रितु रसाली, प्रेनिशा नेपाली, आलभ पाण्डे, अदिति बस्याल, आसुतोष ज्ञवाली, प्रिन्सी शर्मा, विविशा पाण्डे, इशिता आत्रेय रहेका छन् । सर्कलको  संरक्षकमा प्रिन्सिपल सिस्टर एनिस जोसेफ, शिक्षक नायकमा सकुन्तला कुँवर क्षेत्री र सह–शिक्षक नायकमा धनकुमारी थापा चयन भएको स्कुलले जनाएको छ ।

नवगठित सर्कल नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा मातहत रहेको छ । कार्यक्रममा प्रमुख अतिथि श्रीनगर उपशाखाका सभापति पुष्करराज रेग्मीले नवगठित सर्कलका पदाधिकारीहरुलाई बधाई तथा शुभकानमा दिर्दै रेडक्रसको सिद्धान्त र मर्म अनुसार काम गर्न आग्रह गरेका छन् । रेडक्रसले देखाएको बाटोबाट अगाडि बढ्ने हो भने हाम्रो भविष्य सुन्दर हुने उनको भनाइ थियो । सभापति रेग्मीले पदाधिकारीहरूलाई रेडक्रस लोगो अंकित नेम ट्याग वितरण गरेका थिए । कार्यक्रममा श्रीनगर उपशाखाकी उपकोषाध्यक्ष संजित थापा, स्कुलकी प्रिन्सिपल सिस्टर एनिस जोसेफ, विद्यार्थी संज्ञा लक्ष्मी खडका लगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रिन्सिपल जोसेफको अध्यक्षता शिक्षक नायक सकुन्तला कुँवर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update