Shittalpati
आज विश्व पशु दिवस मनाइँदै

पाल्पा, आज विश्व पशु दिवस मनाइँदैछ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ ।

सन् १९२५ अर्थात् लगभग ९३ बर्सअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम जनावर दिवस मनाएका हुन् । सन् १९२९ बाट औपचारिक रूपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा इटालियन सन्त फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यी सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ । पशुका अधिकार र तिनीहरुप्रति गरिने मानवीय व्यवहारका बारेमा विवेचना गरिनु यस दिवसको मुख्य उद्देश्य रहेको छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् जो हेर्न र देख्न पाउँदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीवजन्तुहरु हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् ।

चाडपर्वका बेला होस् वा अन्य समयमा पशुपंक्षीहरुको आफ्नै महत्व रहेको हुन्छ । यिनीहरुको महत्व आफैमा विशिष्ट छ । कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको विश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषित गरिदिएको छ । हामी मध्ये हरेक मानिसले जनावरहरुको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्री हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ । जनावरलाई खाना, वस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा बुझ्न जरुरी छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update