Shittalpati
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै

पाल्पा, आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो । 


विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले सन् २०३० सम्ममा कुकुरको टोकाइले सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा पु¥याउने लक्ष्य राखेको छ । रेविज रोग, रेविज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाईबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो । रोगका जिवाणुहरु रोगी पशुको र्‍यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । मानिसको शरीरमा रेविजको भाइरस प्रवेश गरेको ३० देखि ६० दिनमा रोग देखा पर्छ । तर कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखा पर्न सक्ने सम्भावना हुने चिकित्सकले बताएका छन् । रेविज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा पशुले टोकेको शंका लागेमा तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update