Shittalpati
तानसेनमा युवा जुनियर रेडक्रस गोष्ठी

पाल्पा, जिल्लाको तानसेनमा नगरस्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी भएको छ ।  नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेनको आयोजनामा तानसेनस्थित पप नमुना माविमा एक दिने गोष्ठी भएको हो ।

रेडक्रसको सिद्धान्तबारे जानकारी दिन र मानवीय भावनाको विकास गराउनका लागि रेडक्रससँग सम्बन्धित युवाहरुका लागि गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ । गोष्ठीको नेपाल रेडक्रस सोसाइटी रूपन्देही शाखाका निवर्तमान सभापति एवं राष्ट्रिय प्रशिक्षक प्रेमलाल उदासले उद्घाटन गरेका हुन् । गोष्ठीको उद्घाटन गर्दै उदासले गोष्ठीमा रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएकाले सबैले रेडक्रसका सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । रेडक्रसले देखाएको बाटोबाट अगाडि बढ्ने हो भने हाम्रो भविष्य सुन्दर हुने उनको भनाइ थियो । विशिष्ट अतिथि, रेडक्रस पाल्पा शखाका सभापति बाबुराम कार्की, निवर्तमान सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसको मर्म र सिद्धान्तलाई आत्मसाथ गर्न युवाहरुलाई आग्रह गरे । कार्यक्रममा रेडक्रस पाल्पा शाखाका उपसभापति भीमसेन कार्की, शाखाका मन्त्री केशवराज नेपाल  शाखा अधिकृत विनोद भारती, पप नमुना माविका प्रअ सन्तवीर बराल, लक्ष्मी माविका शिक्षक नायक युवराज पंगेनी, मणिमुकुन्द उपशाखाकी सभापति शकुन्तला बज्राचार्य भीमभैरव उपशाखाका सभापति वीरेन्द्रकाजी शाक्य, गौतमबुद्ध उपशाखाका कावा सभापति तुमला बज्राचार्य, युरेस त्रि मावि अर्गलीकी एलिसा पाण्डे, सेन्ट कपितानियो स्कुलका शिक्षक शकुन्तला कुँवर क्षेत्री लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

रेडक्रसका सात सिद्धान्तको वाचन गरी प्रारम्भ गरिएको उक्त गोष्ठीमा परिचय, रेडक्रस अभियान,सात सिद्धान्त, उपशाखा गतिविधि, प्राथमिक उपचार सिमुलेसन, युजुरेस परिचालन, कार्ययोजना तय लगायतका विषयमा जानकारी गराइएको थियो । सोही अवसरमा रेडक्रसका सतिसाल अगुवा रेडक्रसकर्मी प्रेमलाल उदासलाई ५ दशकसम्म उनले रेडक्रस अभियानमा पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो । सर्कल, शिक्षक नायक, युजुरेस गरी १ सय १२ जनाको सहभागिता रहेको थियो । श्रीनगर उपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षता, मणिमुकुन्द उपशाखाकी सभापति सकुन्तला बज्राचार्यको स्वागत, श्रीनगर उपशाखाका उपकोषाध्यक्ष संजित थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update