Shittalpati
पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’

पाल्पा, पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक समेत रहेका भण्डारी झण्डै २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । उनी यसअघि राष्ट्रिय समाचार समिति (रासस), नेपावाणी नेटवर्क, नेपाल एफएम नेटवर्क, रेडियो आँधिखोला, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, गाउँले देउराली साप्ताहिक लगायतमा काम गरिसकेका छन् । उनी तानसेन, बुटवल हुँदै अहिले काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

अनलाइन टीभी पत्रकार संघको अध्यक्ष समेत रहेका भण्डारीले सम्मानपछि शित्तलपटी डटकम/एनजेडीसँगको कुराकानीमा सम्मान आफ्नो लागि मात्र नभएर सिङ्गो नेपाली पत्रकारिता जगतको भएको बताएका छन् । उनले आर्थिक, राजनितिक र साहित्यक क्षेत्रको विकृति विसंगतीका विरुद्धमा खरो रुपमा कलम चलाउदै आएको पाइन्छ । उक्त समारोहमा विभिन्न शिर्षकमा अन्य दर्जन बढी पत्रकारलाई समेत सम्मान तथा पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update