Shittalpati
नेवा  : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल

पाल्पा, तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो  ।  

जसको उपाध्यक्षमा हरीलाल अमात्य, सचिव नविन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्ष सुुरेन्द्रमान कर्मचार्य, सह–सचिवमा सुनिता श्रेष्ठ चयन भएका छन् । गुठीको सदस्यहरुमा उज्वल श्रेष्ठ, इच्छा लिगल, ज्योति राजभण्डारी, रोजिता श्रेष्ठ, श्याम मलेगो, भुवन कुमार जोसी रहेका छन् । गुठीले नेवार समुदायको कला, संस्कृति र भाषको सरक्षणमा महत्वपूर्ण गतिविधि गर्दै आएको छ ।  

अधिवेशनको लुुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर राना, नेवाः समुदायका जेष्ठ नागरिक भरतमान कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सभाको उद्घाटन गर्दै सांसद् रानाले सामाजिक सद्भाव अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले पछिल्लो समय नेपाली समाजमा सामाजिक सद्भाव खल्बलिदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव अहिले अपरिहार्य भएको धारण व्यक्त गरे । उनले भने ‘ सामाजिक सद्भाव नेपालीको ठूलो सम्पत्ति हो ।

 एकले अर्कालाई सम्मान र आदर गर्नु हाम्रो संस्कृति हो तर हिजो आज यस्तो हराउँदै गएको छ । यसतर्फ तपाई हामी सचेत हुुन आवश्यक छ ।’ अहिले भाषा कला र संस्कृति समेत लोप हुन लागेकाले त्यसको संरक्षण र प्रवद्र्धनमा गुुठीले खेलेको भूमिका महत्वपूर्ण रहेको सांसद रानाले बताए । ‘भाषा कला र संस्कृतिको सरक्षणमा सबैले हातमा हात मिलाएर अगाडि बढ्नुुपर्छ’ उनले भने । सांसद रानाले पाल्पाको विकासमा आफुु सधै चिन्तित रहेको बताए । उनले यहाँको पयर्टन क्षेत्रको विकास गरी नागरिकलाई उत्पादन र रोजगारीसँग जोड्नु आवश्यक रहेको औल्याउँदै प्रदेश सरकारले त्यसतर्फ आवश्यक योजना अगाडि बढाएको समेत बताए ।  

कार्यक्रममा विशिष्ट अतिथि नेवाः समुदायका जेष्ठ नागरिक भरतमान कर्माचार्य, नेवाः देय दवू लुम्बिनी प्रदेशका अध्यक्ष बिजुला जोशी, तानसेन गुठीकी सकुन्तला बज्राचार्य, श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जन,सिद्धार्थ नगर नेवाः गुठीका पुर्व अध्यक्ष सुुवर्ण मुनी शाक्य, निर्वाचन आधिकार अजयमान कर्मचार्य, गुठीका सल्लाहकार प्रेमबहादुर मल्ल, निर्मल प्रसाद श्रेष्ठ लगायतले आ–आफ्ना  धारणा राखेका थिए ।

सोही अवसरमा गुठीका आजिवन सदस्यहरुलाई आजिवन गुठी सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । सभाले आर्थिक वर्ष २०७९/०८० को आय व्याय समेत सर्वसमत रुपमा पारित गरेको छ ।  गुठीका अध्यक्ष प्रकाश नाथ गोङ्गलको अध्यक्षता, सदस्य सुनिता श्रेष्ठको स्वागत, सचिव नविन्द्र श्रेष्ठको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update