Shittalpati
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो । १५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् । विगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलीका रुपमा प्रयोग भएको पाइन्छ, कहीँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ ।

विश्व युद्वको अवधिलाई नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयुद्वको १०० भन्दा बढी वर्ष पुरा हुँदासम्म विभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update