Shittalpati
 डुबेर दाजु–भाइको मृत्यु

कपिलवस्तु, पोखरीमा डुबेर एकै घरका दाजु–भाइको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको हो । 

बगहीका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

मंगलबार साँझ घरबाट निस्केका उनीहरू घर नफर्केपछि खोजी गर्ने क्रममा घर नजिकैको पोखरीको  पानीमा फेला परेका थिए । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई तौलिहवा जिल्ला अस्पतालमा परीक्षण पछि परिवारको जिम्मा लगाइएको छ ।  सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय विभिन्न स्थानमा खनिएका खाल्डाहरू नपुरिदा स–साना बालबालिका खाल्डोमा डुबेर मृत्यु हुने गरेका घटनाहरु बढ्दै गएका छन् । 


 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update