Shittalpati
प्रदेश सांसदद्वारा माथागढी गाँउपालिकामा अनुगमन

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा प्रदेश पाँचका सांसदहरुद्वारा अनुगमन गरिएको छ । सांसदहरुले गाउँपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि गरेका काम र तयारीका विषयमा अनुगमन गरेका हुन् । जिल्लाका केही स्थानीय तहहरुमा राहत वितरणको मादण्ड र प्रक्रिया पालना नभएको गुनासो आएपछि जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरुको अनुगमन गरेका छन् । सोही क्रममा प्रदेश सभाका सदस्यहरू नारायण प्रसाद आचार्य,युवराज खनाल,रमा घर्ती पत्रकार साथै राजनितिक दलका प्रतिनिधिहरू लगायतको उपस्थितीमा माथागढीमा पनि राहत वितरण, क्वारेण्टाइन र स्वास्थ्य अवस्थाका बारेमा अनुगमन भएको हो ।

अनुगमनका क्रममा कोरोना भाइरस रोकथाम र राहत वितरणका सम्बन्धमा हालसम्म गाउँपालिकाले गरेको गतिविधिको सन्तोषजनक रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । गाउँपालिकाले वडा स्तरमा समन्वय समितिहरु गठन गरेको र सबै दलको सहमतिमा राहत वितरण प्रभावकारी ढङ्गले सञ्चालन गरेको र भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको निगरानी र स्वास्थ्य परीक्षण गरिर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको समुदाय स्तरमै ¥र्यापिड टेस्ट परीक्षण गर्न प्रदेश सरकारसँग माग गरेका छन् । गाउँपलिकाका सबै वडामा पहिलो चरणमा १८ लाख ६० हजारको राहत वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए ।

उनका अनुसार ८ सय ८५ जनालाई राहत विरण गरिएको हो । ५३ बेडको क्वारेन्टाइन स्थलको निर्माण गरी ६ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नेपालले बताए । गाउँका महिला स्वयंसेवीका, वडा अध्यक्ष, वडा सदस्य लगायतको समन्वयमा आपतकालिन स्वयंमसेवक गठन गरी तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ । अनुगमनमा गाँउपालिका उपाध्क्षय निर्मला भट्टराई , स्वास्थ्य शाखा प्रमुख केशव जिसिको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update