Shittalpati
रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै

भुवन रायमाझी

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाले गाउँ छाड्नेको विवरण संकलन गर्न थालेको छ । विभिन्न उद्देश्यले गाउँ छाडेका तर कोरोना महामारीका कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्नका लागि गाउँपालिकाले आइतबारदेखि अनलाइन माध्यमबाट गाउँ छाड्नेहरुको विवरण संकलन गर्न लागेको हो । गाउँपालिकाले पहिलो दिन ५० जनाको अनलाईन फारम भरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्जेलले बताए । गाउँपालिकाले पालिकामा बसोबास भई जिल्ला छाडेका व्यक्तिहरुको विवरण इन्टरनेटको प्रयोग गरी अनलाईन माध्यम र वडा कार्यालयमार्फत फारम भरी तथ्यांक लिन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।

कोरोना भाइरसको असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि लेखोजोखा शुरु गरिएको गाउँपालिकाले जनाएको छ । विभिन्न उद्देश्यले गाउँ छाडेका तर कोभिड १९ का कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्न र फर्केपछि उनिहरुलाई के कस्तो काममा लगाउन सकिन्छ भन्ने यकिन गर्नका लागि पालिकाले काम अगाडि बढाएको अध्यक्ष जिसीले बताए । उनिहरु गाउँमा फर्केपछि गाउँमै बस्छन कि, फेरि फर्किन्छन् गाउँमा बसे के गर्न सक्छन् भन्ने बिषयलाई हेरी योजना बनाउनका लागि यो प्रयास गरिएको अध्यक्ष जिसीले बताउँछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update