Shittalpati
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ, मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  दाङको लमही नगरपालिका–१ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु  चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सडकमा हिडिरहेका चौधरी घाइते भएका थिए । गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update