Shittalpati
रेसुङ्गा नगरपालिकाद्वारा अलपत्र १५ पैदलयात्रुको उद्दार

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिकाले अलपत्र १५ जनाको पैदलयात्रुको उद्दर गरेको छ । नगरपालिकाले विभिन्न स्थानबाट पैदलयात्रा गर्दै आएका दाङका १४ र सल्यानका १ जना गरी १५ जना पैदल यात्रुको उद्दार गरेको हो ।

उनीहरुलाई नगरपालिकाले खानपानको ब्यवस्था संगै यातायातको ब्यवस्था गरी संम्बन्धित स्थानसम्म जानका लागि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । नगरपालिकाले यस अघि पनि विभिन्न स्थानबाट आएका अलपत्र मजदुरहरुलाई खाने बस्नेको ब्यवस्थासंगै समबन्धित स्थानसम्म जानका लागि यातायातको ब्यवस्था गरी उद्दार गरिसकेको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । यस अगाडि पर्बत, बाग्लुङबाट पैदल यात्रा गर्दै आएका मजदुरहरुको उद्दार गरेपछि स्थानीयले नगरपालिकाले गरेको ब्यबस्थापन राम्रो भएको भन्दै उच्च प्रशंसा गर्दै आएका छन् । हालसम्म नगरपालिकाले अलपत्र १ सय १६ मजदुरहरुको उद्दार गरिसकेको जनाएको छ । नगरपालिकाले २ सय २७ जनालाई अस्थायी क्वारेन्टाइनमा समेत राखेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update